
काठमाण्डु, २३ मंसिर– संविधानसभा बैठक लामो समयपछि मंगलबार बसेको छ ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा देखिएको गतिरोधका कारण लामो समय संविधानसभा बैठक बस्न सकेको थिएन ।
सहमतिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीसहित बैठक बोलाइएको थियो । तर बागलुङ–१ का काँग्रेस सभासद हरि खड्काको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ ।
आफूले राखेको शोक प्रस्ताव पारित भएपछि सभाध्यक्ष सुवास िनेम्वाङको बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समिति सभापति बाबुराम भट्टराईद्वारा प्रस्तुत प्रतिवेदन छलफलका लागि पेश हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।