बस र ट्रक जुध्दा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ११:२८ मा प्रकाशित

हेटोंडा, २३ मंसिर– हेटौँडा–नारायणगढ राजमार्गअन्तर्गत बसामाडी–२ बस्तीपुरको तिनतापकेमा बस र ट्रक जुधेर भएको दुईजनाको मृत्यु भएको छ ।

जनकपुरबाट काठमाण्डुतर्फ जाँदै गरेको ना ५ ख ११०० नम्बरको बस तथा चितवनबाट हेटौंडातर्फ आइरहेको बा १ क ३७४९ नंको ट्रक आपसमा जुध्दा बसमा यात्रारत दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जनकपुर नगरपालिका–१५ का पलक ठाकुर र महोत्तरी मझपुराका केशवर यादव छन् । दुर्घटनामा  ११ जना घाइते छन् । घाइते मध्ये छ जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको छ ।

बसले उछिन्न खोज्दा विपरीत दिशाबाट आएको ट्रकसँग ठोकिएर दुर्घटना भएको हो । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us