बाबुराम भन्छन्, ‘हिन्दू धर्म अफिम होइन’

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते १०:५२ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– एमाओवादी नेता बाबुराम भट्टराई बाबु भोजप्रसाद ८४ वर्ष पुगेको अवसरमा आयोजित ८४ पूजामा सहभागी भएपछि baburamविवादमा तानिएका छन् ।
धर्मलाई ‘अफिम’ भन्दै आएका भट्टराईले गोरखा खोप्लाङको आफैं मण्डपमा बसेर पूजा गरेका थिए । उनले सबै धर्मलाई एकै दृष्टिकोणले हेर्न नसकिने भन्दै हिन्दू धर्मको बखान गरेका छन् ।

‘हिन्दू धर्ममा कट्टरता छैन’, मंगलबारको अन्नपूणृ पोष्टमा छापिएको समाचारमा भट्टराईले भनेका छन्, ‘सबै धर्म अफिम होइन र म धर्मलाई अफिम हो भन्ने आवश्यकता पनि ठान्दिनँ ।’

उनले स्वार्थी शासकले धर्मलाई देखाएर जनतालाई कजाउन खोजेको अर्थमा माक्र्सले अफिमको सन्दर्भ जोडेको तर्क उनको छ । उनले आफूले नेपालमा ८० प्रतिशत हिन्दू धर्ममा आस्था राख्नेहरु छन् भन्ने यथार्थ बुझेको बताए ।

त्यत्ति मात्र होइन उनले मठमन्दिरहरुको संरक्षणमा समेत जोड दिएका छन् ।

‘ठूलो संख्याले हिन्दु धर्म मान्छन् भने मान्न दिनुपर्छ र संस्कृतिको जगेर्नाको अर्थमा यहाँका मठमन्दिरको समेत संरक्षण गर्नुपर्छ’, भट्टराईले भनेका छन् ।

आफू जेठो छोरा भएकाले बाबुको ८४ पूजामा बसेको भन्दै भट्टराईले त्यसबाट कुनै पछुतो नलागेको उल्लेख गरे । उनले आफ्नो पूजाकर्मलाई स्वाभाविक रुपमा लिइदिन पनि आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us