बयर खान गएका ८ बालिका आरक्षको जंगलमा बेपत्ता

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ९:३१ मा प्रकाशित

कञ्चनपुर, २३ मंसिर– बयर खान भनेर शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र छिरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका आठ बालिका बेपत्ता भएका छन् ।
सोमबार दिउँसो २ बजे विद्यालयबाट घर फर्केका बालिका बयर खोज्ने भन्दै शुक्लाफाँटा वन्यजन्तु आरक्षको मालुवेला पोस्टबाट भित्र छिरेका थिए । बालिका घर फिर्ता नभएपछि अभिभावकले प्रहरीलाई खबर गरेका हुन् ।

गएरातिदेखि प्रहरी, स्थानीय बासिन्दा र आरक्ष कार्यालयका कर्मचारीले बालिकाको खोजी गरे पनि फेला पार्न नसकेको र मंगलबार बिहानसम्म खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आरक्षभित्र बाटो बिराएर बालिका बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । बेपत्ता हुने बालिका कक्षा १ देखि ५ मा पढ्ने सातदेखि ११ वर्षसम्मका रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us