डोल्पामा पुल भाँचिदा आउजाउमा सास्ती

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ६:४९ मा प्रकाशित

डोल्पा, २३ मंसिर– त्रिपुराकोट डोल्पाको काइँगाउँ गाविसस्थित त्रिवेणी नदीमा लगाइएको पुल भाँचिदा सर्वसाधारण तथा ओहोरदोहोर गर्ने बटुवालाई सास्ती भएको छ ।
गत एक महिनाअघि भाँचिएको उक्त पुल समयमै पुनःनिर्माण नहुँदा एक गाउँबाट अर्को गाउँ जाँदा मात्र नभई विद्यार्थीलाई पठनपाठनका लागि नजिकै पुलपारि रहेको विद्यालय जाँदा पनि जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी धनराज एडीले बताए ।

उनका अनुसार २० वर्षअघि बनाइएको उक्त खम्बे पुल खियाले एक्कासि तलपट्टिको दुईटै फलामे लडा भाँचिएपछि अवरुद्ध भएको छ । यसले गर्दा जुम्लाबाट डोल्पाका लागि दैनिक उपभोग्य सामान ढुवानी गर्न तथा एक जिल्लाबाट अर्को जिल्ला ओहोरदोहोर गर्न असहज भएको सर्वसाधारणले बताएका छन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us