सिपी गजुरेलले मागे राष्ट्रिय सहमतिको सरकार

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ५:५५ मा प्रकाशित

पाँचथर, २३ मंसिर– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेको संविधान सभाले जनताको संविधान नदिने भन्दै संविधानका लागि राष्ट्रिय सहमतिको सरकारको खाँचो औंल्याएका छन् ।

CP-Gajurel
‘वर्तमान संविधानसभाले जनताको संविधान दिन सक्दैन,’ नेता गजुरेलले भने, ‘त्यसकारण अब राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता हो ।’
सदरमुकाम फिदिममा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरुको माग पूरा नभए छुट्टै मोर्चा बनाएर सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
हालै नेकपा माओवादी नामक नयाँ दल गठन गरेका नेता नेत्रविक्रम चन्द गएर आफ्नो पार्टीमा कुनै फरक नपर्ने टिप्पणी समेत गरे । उनले भने, ‘नेत्रविक्रम चन्दले पार्टी फुटाएर जाँदैमा हाम्रो पार्टीलाई केही असर परेको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us