माघ ८ मै संविधान ल्याउन के–के हुन त ‘ओलीका चार प्रस्ताव’ ?

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते १:३३ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– एमाले अध्यक्ष केपी ओलीले जसरी पनि माघ ८ भित्र संविधान ल्याउन पार्टीभित्र चार वटा विकल्प अघि सारेका छन् । पार्टी केन्द्रीय समितिको सोमबारबाट सुरु बैठकमा बोल्दै ओलीले संविधान जारी गर्न नसके मुलुक दुर्घटनामा जाने भएकाले त्यसका लागि सबै विकल्प प्रयोग गर्नुपर्ने धारणा राखेका हुन् ।

kp oli

पहिलो विकल्पमा सहमतिको संविधान जारी गर्ने, दोस्रोमा संघीयतालगायत विवादित विषयमा टुंगो लगाउन आयोग बनाउने र सहमतिका विषयमात्र समेटेर संविधान घोषणा गर्ने ओलीको धारणा छ ।

तेस्रोमा संविधानसभाभित्रको दुई तिहाइ मत प्रयोग गर्न सकिने र त्यो सम्भावना पनि नरहे चौथो विकल्पको रुपमा हालकै अन्तरिम संविधान केही परिमार्जन गरेर भए पनि खाका बाहिर ल्याउनुपर्ने ओलीले उल्लेख गरेका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार अघिल्लो संविधानसभामा प्रस्तावनामात्रै भए पनि जारी गरौं भन्ने विकल्पसम्म दलहरू पुगेको प्रसंग उल्लेख गर्ने क्रममा अध्यक्ष ओलीले एउटा खाका आए त्यसमा आवश्यक पर्ने कुराहरू पछि संशोधन गरेर थप्दै जान सकिने बताएका हुन् । तर संविधान जारी गर्ने नाममा केही महत्त्वपूर्ण विषयमा भने सम्झौता गर्न नसकिने ओलीको भनाइ थियो ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us