८५ वर्षीया हजुरआमाको घाँटी अचानोमा राखेर चुलेसीले रेट्ने कस्ता नाती ?

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते १४:०८ मा प्रकाशित

murderकाठमाण्डु, २२ मंसिर– काठमाण्डुमा एक युवाले आफ्नी ८५ वर्षीया हजुरआमाको घाँटी रेटेर विभत्स हत्या गरेका छन् ।

काभ्रेको ताउखल–३ घर भई डल्लु डेरा गरी बस्ने ८६ वर्षीया दामु तामाङको उनकै १९ वर्षीय नाति छिरिङले सोमबार दिउँसो घाँटी रेटी हत्या गरेका हुन् ।

डेरामा कोही नभएको मौका छोपेर छिरिङले दिउँसो एक बजेतिर हजुरआमाको हत्या गरेको प्रहरीले जनाएको छ ।

छिरिङले खाटलाई अचानो बनाएर हजुरआमाको घाँटी छिनाएको महानगरीय प्रहरी परिसर हनुमानढाकाले जनाएको छ । छिरिङ दामुका कान्छी छोरीका छोरा हुन् । घटनालगत्तै प्रहरीले उनलाई डेराबाटै पक्रेको छ ।

उनले हजुरआमाले आफूलाई घुरेर हेर्ने गरेकाले दिक्क भएर हत्या गरेको बयान प्रहरीमा दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us