प्रधानमन्त्रीका कारण सभासद खड्काको ज्यान गएको परिवारको आरोप

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते १३:५४ मा प्रकाशित

wife of hari khadkaकाठमाण्डु, २२ मंसिर– काँग्रेस बागलुङ क्षेत्र नम्बर–१ का दिवंगत सभासद् हरिबहादुर खड्काको मृत्यु हुनुमा प्रधानमन्त्री सुशील कोइराला जिम्मेवार रहेको आरोप उनका परिवारले लगाएका छन् ।

प्रधानमन्त्री कोइराला चढेको हेलिकोप्टरले उपचारका लागि काठमाण्डु ल्याउन नमानेका कारण खड्काको निधन भएको भन्दै परिवार र आफन्त आक्रोशित भएका हुन् ।

प्रधानमन्त्री कोइराला सहभागी हुने महायज्ञमा सहभागी हुन जाने क्रममा खड्काको गत बुधबार बागलुङमा भएृको जिप दुर्घटनामा घाइते भएका ५१ वर्षीय खड्काको उपचारका क्रममा आइतबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।

प्रधानमन्त्री कोइराला सेनाको हेलिकोप्टर चढेर कार्यक्रममा गएका थिए । खड्का घाइते भएपछि सोही हेलिकोप्टरले पोखरासम्म ल्याएको थियो । तर काठमाण्डु पुर्‍याइदिन परिवारले गरेको आग्रह माथिको आदेश भन्दै सरकारी अधिकारीले अस्वीकार गरेका थिए ।

समयमै उपचारका लागि काठमाण्डु ल्याउन नसकिएका कारण खड्कालाई बचाउन नसकिएको गुनासो परिवारको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us