उद्योगमन्त्रीसँग सम्पत्तिका नाममा एउटा गाई र थोत्रो मोटरसाइकल मात्र ?

काठमाण्डु टुडे २०७१ मंसिर २२ गते १२:३३ मा प्रकाशित

Mahesh-basnet2काठमाण्डु, २२ मंसिर– उद्योगमन्त्री महेश बस्नेतले आफ्नो सम्पत्ति एउटा गाई र मोटरसाइकल मात्र रहेको दाबी गरेका छन् ।

बस्नेतले बुझाएको सम्पत्ति विवरणमा आफ्नो नाममा २५ हजार रुपैयाँ मूल्य पर्ने एउटा गाई र ०६६ सालमा किनेको बा २७ प ३८५८ नम्बरको १ लाख १५ हजार रुपैयाँको पूरानो मोटरसाइकल रहेको देखाएका छन् ।

विवरणमा उनले आफ्नो बैंक खातामा २२ हजार रुपैयाँ मात्र रहेको उल्लेख गरेका छन् । आफू बसिरहेको भक्तपुर गुण्डु– ४ को घर र जग्गा भने पुख्र्यौली भएको दाबी उनको छ ।

आफूसँग भएको ३० तोला सुन र ३५ तोला चाँदीमध्ये केही बाबुले जोडेको र केही ससुरालीले दाइजोमा दिएको दाबी उनको छ ।

यस्तै न्यूरोडस्थित उग्रचण्डी सहकारीबाट सापट लिएको ५० लाखमध्ये ३५ लाख तिरेको र १५ लाख ऋण बाँकी रहेको देखाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us