
काठमाण्डु, २२ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफूसँग तीन थान मोवाइल फोन मात्र भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कोइरालाले पेस गरेको चलअचल सम्पत्ति विवरणमा मोवाइल मात्र भएको जनाइएको छ ।
कोइरालाले यसअघि पनि सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन थान मोवाइल मात्र भएको उल्लेख गरिएको थियो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले अघिल्लो साता सार्वजनिक गरेको प्रतिवेदनमा कोइरालाको कार्यकालमा नेपालमा भ्रष्टाचार बढेको सार्वजनिक गरिएको थियो ।
प्रधानमन्त्रीले भने पटक–पटक तीन वटा मोबाइल मात्रै आफ्नो सम्पत्ति भएको उल्लेख गरेका छन् ।