काँग्रेस नेताको जन्मदिन मनाउन राज्यको एक करोड

काठमाण्डु टुडे २०७१ मंसिर २१ गते २:०४ मा प्रकाशित

NC-Flagकाठमाण्डु, २१ मंसिर– सरकारले नेपाली काँग्रेसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको जन्म दिन मनाउन एक रोड रुपैयाँ दिने निर्णय गरेको छ ।

उपचार र आर्थिक सहायताका नाममा नेता र उच्च पदस्थ तथा तिनका नातेदारलाई जथाभावी रकम बाँडेको आरोप खेप्दै आएको सरकारले सिंहको जन्मदिन मनाउन यत्रो रकम खर्च गर्न लागेको हो । मन्त्रिपरिषद्को बिहीबारको बैठकले त्यससम्बन्धी निर्णय गरेको थियो ।

गणेशमानसिंह स्मृति प्रतिष्ठानलाई जन्मशताब्दीका उपलक्ष्यमा रकम दिनुपरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपक अमात्यद्वारा मन्त्रिपरिषदमा पेश गरिएको प्रस्तावमा उल्लेख छ ।

यसै गरी विपी कोइरालाको शतवार्षिकी समारोह भारतमा मनाउनका लागि पनि सरकारका तर्फबाट आठ लाख रुपैयाँ दिने निर्णय सोही दिनको बैठकले गरेको छ ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको प्रस्तावमा मन्त्रिपरिषद्ले भारतका विभिन्न सहरमा कार्यक्रम गर्नका लागि काँग्रेस भातृसंगठन नेपाली जनसम्पर्क समितिलाई सो रकम दिएको उल्लेख छ ।

अन्नपूर्ण पाेष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us