वनभोज गएका बेला फोटो खिच्न खोज्दा डिलबाट खसेर मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर २० गते १३:०८ मा प्रकाशित

विराटनगर, २० मंसिर– मोरङको मधुमल्लाबाट स्थानीय नुनसरी खोलामा पिकनिक गएका एक व्यक्तिको आज फोटो खिचाउने क्रममा खोलाको डिलबाट खसेर  मृत्यु भएको छ ।

मोरङको टाँडी गाविस–६ र इलाम जिल्लाको साक्फारा गाविस–२ को सिमानामा पर्ने नुनसरी खोलाको डिलबाट लडेर मधुमल्ला–२ का गोपीकृष्ण ढुङ्गेलको मृत्यु भएको हो ।

साथीहरूसँग फोटो लिनेक्रममा अचानक खोलाको डिलबाट खसेर गम्भीर घाइते भएका उनलाई न्युरो अस्पताल विराटनगर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us