प्रहरी मुख्यालय छेउबाटै साढे ६ करोडको अवैध सुन बरामद

काठमाण्डु टुडे २०७१ मंसिर २० गते १३:०३ मा प्रकाशित

goldकाठमाण्डु, २० मंसिर– प्रहरीले काठमाण्डुबाट शनिबार १५ किलोग्राम अवैध सुनसहित एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बौद्ध बस्ने पाछेन खाम्बा रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई नक्सालस्थित प्रहरी प्रधान कार्यालयनजिकै बाट नियन्त्रणमा लिएको हो ।

उनले स्कुटरमा राखेर सुन कारोबारका लागि लैजाँदै गर्दा नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । बरामद सुनको बजार मूल्य साढे ६ करोड रुपैयाँ रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us