अमरेशको प्रश्न‘ मधेसको ‘म’ सुन्न नचाहने केपी ओलीले मधेसी नेतालाई किन भोज खुवाए ?’

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ११:४८ मा प्रकाशित

amresh kumarकाठमाण्डु, २० मंसिर– भासद् तथा कांग्रेस नेता अमरेशकुमार सिंहले आफ्नो पार्टी काँग्रेस र एमाले २०४७ सालकै संविधान पुनरावृत्ति गराउने खेलमा लागेको आरोप लगाएका छन् ।
राजधानीमा शनिबार भएको एक कार्यक्रममा सिंहले काँग्रेस–एमालेले मधेसीलाई अधिकारबाट बञ्चित गर्ने गरी संविधान बनाउन चाहेको बताए ।

उनले काँग्रेस–एमालेले मधेसका नाममा ‘म’ समेत सुन्न नचाहेको टिप्पणी गरे ।  ‘मधेसको ‘म’ पनि सुन्न नचाहने काँग्रेस–एमालेले मधेशीलाई अधिकार दिन्छ भन्ने कल्पना पनि गर्न सकिदैन’, सिंहले भने, ‘संघीयता दिने कसैको मनसाय छैन ।’

उनले मधेसले सही नेता पाउन नसकेको पनि बताए । मधेसी दलका नेता इमान्दार नभएसम्म मधेसेको पक्षमा केही पनि सकारात्मक कार्य नहुने बताए । उनले एमाले अध्यक्ष केपी ओलीले मधेसी मोर्चाका नेताहरुलाई घरमै बोलाएर भोज खुवाएकामा समेत आपत्ति जनाए ।

‘केपी ओलीले किन मधेसी नेतालाई खान बोलाए, त्यो सबैलाई थाहा छ’, उनले भने, संघीयताबिनाको संविधान जारी गर्नका लागि जालझेल भइरहेको छ । उनले कसैको भोजको पछाडि नलागी मधेसी जनतालाई अधिकार दिलाउने कार्यमा लाग्न मधेस केन्द्रित दललाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us