
कैलाली, २० मंसिर– नेकपाा–माओवादीका अध्यक्ष मोहन वैद्यले नेत्र विक्रम चन्द ‘विप्लव’ ले सत्ताका लागि पार्टी फुटाएको आरोप लगाएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघले शनिबार धनगढीमा गरेको पत्रकार भेटघाटमा वैद्यले उनले विप्लव सत्तामा सहभागी हुन सक्ने आशंका व्यक्त गरे ।
विप्लव राजनीतिक धारविहीन भएको आरोप उनको थियो । ‘विप्लव’ को राजनीतिक धार स्पष्ट छैन’ उनले भने, ‘सारमा सत्ता साझेदारीमा जाने हो कि भन्ने देखिन्छ ।’
उनले साँच्चै क्रान्तिका लागि लड्ने भए पार्टीमा फर्कन विप्लवलाई आग्रह गरे ।
वैद्यले पार्टीका अधिकांश नेता कार्यकर्ता आफूहरुसँगै रहेको दाबी गरे ।