चाँदीका गहनासहित भारतीय युवक पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ८:०२ मा प्रकाशित

महोत्तरी, २० मंसिर– चाँदीका गरगहनासहित आज महोत्तरीको मूल भन्सार नाका भिट्ठामोडमा एक भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सीतामढीको सुरसण्ड–१ का २६ वर्षीय अमितकुमार सोनी रहेको सीमा सुरक्षा भन्सार राजस्व गस्ती टोली भिट्ठामोडका प्रहरी नायब उपरीक्षक महेश केसीले बताए ।

गरगहनासहित भारततिर जान लागेका युवकलाई सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी टोलीले जाँचका क्रममा पक्राउ गरेको हो ।

सोनीबाट १५ वटा सिक्री, १ वटा पायल, १ वटा कचौरा र कच्चा चाँदीका दाना (बुनिया) गरी ३३ तोला ७ आना चाँदीका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोनीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरीमा र चाँदीका गरगहना मूल भन्सार कार्यालय भिट्ठामोडमा बुझाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us