रौतहटमा चिसोले एकको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ६:५४ मा प्रकाशित

रौतहट, २० मंसिर– केही दिनदेखि रौतहटमा चलेको शीतलहरबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा लक्ष्मीनिया–२ मुसहरी टोलका ५० वर्षीय भोलामाझी मुसहर रहेका छन् । खाना खाई घरमा सुतेका माझीको चिसोका कारण मृत्यु भएको थियो ।

 

मुसहरको चिसोका कारण कठयांग्रिएर मृत्यु भएको स्थानीय समाजसेवी विजय यादवले बताए । पछिल्लो तीन दिनदेखि रौतहट जिल्लामा शीतलहर सुरु भएको छ । शीतलहरले स्थानीयको जनजीवन प्रभावित भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us