मृत अवस्थामा भेटियो अतिदुर्लभ चरी बाघ

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ६:२५ मा प्रकाशित

कञ्चनपुर, २० मंसिर– कञ्चनपुरको चाँदनीमा शिकारीले गोली हानेर मारेको अवस्थामा अति दुर्लभ चरी बाघ फेला परेको छ ।

चाँदनी–९ स्थित मलेरिया नाला नजिक स्थानीयको खेतमा आज बाघ मृत अवस्था फेला परेको शुक्लाफाँटा वन्यजन्तु आरक्षको दोधारा चाँदनी पोस्टका इन्चार्ज अर्जुनदेव जोशीले बताए ।

बाघको घाँटीमा गोली लागेको अवस्थामा भेटिएको उनले जानकारी दिए । आरक्षबाट खोलामा आएको समयमा शिकारीले बाघलाई गोली हानेको हुन सक्ने उनले बताए ।

स्थानीयले खोलामा बाघ मरेको देखेपछि आरक्ष कार्यालयमा खबर गरेका थिए । स्थानीय रमेशसिंह भण्डारीले बिहान बालबालिकाले बाघ मरेको देखेको बताएपछि प्रहरीलाई जानकारी दिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us