हेटौंडा, २० मंसिर– मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने १२ गाविसमा स्थानीय कृषकले लगाएको अवैध गाँजा र अफिमखेती प्रहरीको विशेष टोलीले आज बिहान नष्ट गरेको छ ।
एक सय ७० बिघामा लगाइएको गाँजा र १० कट्ठामा लगाएको अफिमका बिरुवा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ती गाविसमा लगाइएको गाँजा र अफिम नष्ट गर्न प्रहरीका १० टोली यही मंसिर मसान्तसम्मलाई खटाइएको प्रहरी नायब उपरीक्षक दीपक थापाले जानकारी दिए ।