खराब मौसमका कारण लगातार हवाई उडान प्रभावित

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ४:४३ मा प्रकाशित

planeकाठमाण्डु, २० मंसिर मौसम खराबीका कारण पछिल्लो एक सातायता आन्तरिक तथा बाह्य उडान प्रभावित हुँदा नेपाल बायु सेवा र निजी उडान कम्पनीले दैनिक एक करोड रुपैयाा घाटा व्यहोर्दै आएका छन् ।
बढ्दो चिसोसँगै काठमाण्डु उपत्यकाको आकाशमा थुप्रिएको बाक्लो हुस्सु र तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको त्रिभुवन विमानस्थलका अधिकारीहरु बताउँछन् ।

बाक्लो हुस्सुका कारण जहाज अवतरण र उडानका लागि आवश्यक भिजिबिलिटी न्यून भएका कारण उडान प्रभावित भएका हुन् । मौसम खराबीका कारण एक सातायता उच्च पहाडी क्षेत्रमा बिहानी पखका कुनै पनि उडान हुन सकेका छैनन् ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सहित निजी क्षेत्रका बुद्ध र यति एयरले बिहान १० बजेअघिका कुने पनि उडान भर्न सकेका छैनन् । ती जहाज कम्पनीले चुम्लिटार, नाम्चे, लुक्लालगायत स्थानमा नियमित उडान भर्दै आएका छन् ।

बुद्ध र यतिले माउण्टेन फलाइट फ्लाइटमा मात्र दैनिक करिब २ सय ५० यात्रु उडाउने गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us