केपीले साँचो ताल्चा विद्याको हातमा सुम्पेपछि एमालेमा खैलाबैला

काठमाण्डु टुडे २०७१ मंसिर २० गते ४:३३ मा प्रकाशित

kp and bidhyaकाठमाण्डु, २० मंसिर– अध्यक्ष केपी ओलीले आन्तरिक कमाण्ड सम्हाल्ने जिम्मेवारी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई दिएको भन्दै एमालेमा नयाँ विवाद जन्मिएको छ ।

ओलीले आफूहरुलाई पाखा लगाएर भण्डारीलाई सबै जिम्मेवारी सुम्पेको भन्दै उदाध्यक्षद्वय बामदेव गौत र भीम रावल तथा महासचिव ईश्वर पोखरेल रुष्ट भएका छन् ।

कार्यकर्ता व्यवस्थापनदेखि आर्थिक श्रोत परिचालनसम्मको जिम्मेवारी भण्डारीको हातमा पुगेको भन्दै नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ ।

पार्टीमा सबैलाई क्षमताअनुसारको जिम्मेवारी दिनुपर्नेमा त्यसो नभई सबै जिम्मेवारी भण्डारीलाई दिएर अध्यक्षले पार्टीलाई आफ्नो बपौती ठानेको नेपाल पक्षका एक नेताले बताए ।

पार्टीभित्र र बाहिरसमेत भण्डारीको सक्रियता र शक्ति बढेसँगै ओली पक्षकै धेरै नेता आशंकित भएका छन् ।

ओलीले गर्ने भेटघाट र डिलसमेत पछल्लिो समय भण्डारीले नै गर्ने गरेकी छन् । वरिष्ठतामा बामदेव अगाडि भए पनि पार्टी कार्यक्रमहरुमा देशभर भण्डारी नै पुग्ने गरेकी छन् ।

२०५० सालमा पति एवम् तत्कालिन एमाले महासचिव मदन भण्डारीको रहस्यमय सवारी दुर्घटनामा निधनपछि राजनीतिमा आएकी भण्डारीले पार्टीभित्रको शक्ति संघर्षमा हमेसा ओलीलाई साथ दिँदै आएकी छन् ।

त्यही गुण तिर्न ओलीले भावी अध्यक्षका रुपमा भण्डारीलाई अघि सार्न थालेपछि माधव नेपाल, बामदेव गौतमदेखि महासचिव ईश्वर पोखरेलसम्म शसंकित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us