काठमाण्डु, २० मंसिर– पूर्वराजा ज्ञनेन्द्र शाहको भलाकुसारी गर्ने ५ सचिव छन् ।
ज्ञानेन्द्र राजा भएदेखि नै ५ सचिवको हामलीमुहाली चल्दै आएको थियो । तीमध्ये अहिले निजी सचिव सागर तिमल्सिना र संवाद सचिव डा. फणिराज पाठक पूर्वराजाको सबैभन्दा नजिक भएर काम गरिरहेका छन् ।
पाठक ज्ञानेन्द्रको महत्वपूर्ण भ्रमणमासमेत सहभागी हुने गरेका छन् । पदले सबैभन्दा ठूलो भूमिका प्रमुख सचिव पशुपतिभक्त महर्जनको थियो, तर ज्ञानेन्द्रको शासनकालपछि उनको भूमिका गौण भएको छ ।
उनी अहिले पनि दरबारको प्रमुख सचिबका हैसियतले तलब बुझ्छन् ।
अर्का सचिव सम्भु अधिकारी पूर्वमुमाबडामहारानी रत्नका स्वकीय सचिवको हैसियतमा काम गरिरहेका छन् ।
अर्का सचिव सौजन्य रञ्जितकार पूर्वराजाको ढुकुटी सचिवको रुपमा कार्यरत थिए । अहिले पनि उनी दरबारमा रहेको सुन, चाँदीलगायतको सम्पत्ति रहेको ढुकुटी हेर्ने जिम्मामा छन् ।
नेपाल समाचारपत्रबाट