छोटो लुगा लगाउने नायिकाको गालामा दर्शकको थप्पड
काठमाण्डु टुडे
२०७१ मंसिर १७ गते १६:१५ मा प्रकाशित

अभिनेत्री कपडा छोटो हुँदा दर्शक तानिन्छन् । तर त्यस्तो पनि दर्शक भेटिए, जसले कपडा छोटो भएकोमा एक भारतीय अभिनेत्रीलाई गालामा थप्पड हाने । कुरा बलिउड अभिनेत्री तथा कार्यक्रम प्रस्तोता गौहर खानको हो ।
उनको शरीरमा कपडा छोटो देखेपछि एक दर्शकले कार्यक्रमस्थलमै सोमबार थप्पड हानेका हुन् । गौहर रअ स्टार नामका कार्यक्रममा प्रस्तोता हुन् । यो सांगीतिक कार्यक्रमको मुम्बईस्थित फिल्म सिटीमा सुटिङ भइरहेको थियो । त्यहीँ उनले थप्पड खाइन् ।
उनलाई थप्पड हान्ने परे, २४ वर्षीय अकिल मलिक । दुई हजार पाँच सय जति दर्शक रहेको र निक्कै बाक्लो सुरक्षा गार्डलाई छल्दै मञ्चमै पुगेर अकिलले गौहरलाई थप्पड हाने । घटनालगत्तै उनी प्रहरीद्वारा समातिए । उनीमाथि मुद्दा परेको छ ।
बरु थप्पड हान्ने अकिलले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘मुस्लिम भएर गौहरले छोटो लुगा लगाउन हुँदैनथ्यो ।’ थप्पड काण्डपछि एक घन्टा कार्यक्रम बिथोलियो । -एजेन्सी