दुर्घटनामा काँग्रेस सभासद खड्का गम्भीर घाइते

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते १०:०८ मा प्रकाशित

बागलुङ, १७ मंसिर– बागलुङमा बुधबार भएको सवारी दुर्घटनामा काँग्रेस सभासद खरि खड्कासहित चारजना घाइते भएका छ्न ।

ग १ झ २२४ नम्वरको पिकअप भ्यान  भकुण्ड–९ कमेरेमा दुर्घटना भएको हो ।  दुर्घटनामा घाइते भएका खड्काको टाउको र नाकमा गहिरो चोट लागेको छ ।

खड्कासहित सबै घाइतेको धौलागिरि अन्चल अस्पतालमा उपचार भइरहेको छ । खड्का गत संविधानसभा निर्वाचनमा बागलुङ–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us