जोगिमारामा ट्रक दुर्घटना, ४ को मृत्यु, २ घाइते

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ८:५५ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– धादिङको जोगिमारामा आज मध्यान्ह ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन जाँदै गरेको ग १ ख ३९८६ नम्बरको ट्रक जोगिमारा- २ हुग्दी खोलामा मध्यान्ह १२ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा पर्साको चोर्नी गाविस ९ का फुल महमद, अनिल महमद र अनवर महमदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतक अर्का एकजनाको सनाखत भएको छैन ।

घाइते चालक र सहचालकलाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us