केटी विवादले भएको झडपमा विद्यार्थीले सार्कका गमला झट्टी हानेपछि…

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १६:१८ मा प्रकाशित

_MG_9986काठमाण्डु, १६ मंसिर– सरकारले १८ औं सार्क सम्मेलनका क्रममा काठमाण्डुको प्रदर्शनीमार्गस्थित  सडकका दायाँबायाँ राखिएको गमला हटाएको छ ।

विद्यार्थीहरुको दुई समूहबीच भएको झडपमा गमला फुटाएका कारण सडक विभागले ती गमला उठाएको हो ।

केटी जिस्काएको विवादले निहुँमा आरआर र त्रिचन्द्र क्याम्पसका विद्यार्थीबीच झडप भएको थियो ।  त्यस क्रममा विद्यार्थीले केही गमला फुटाएका थिए ।

आरआरका स्ववियु सभापतिका अनुसार त्रिचन्द्रका विद्यार्थीले पुस्कर बास्तोला, राजन घिमिरे र विकास अधिकारीमाथि हातपात गरेका थिए ।

यसैबीच काठमाण्डु महानगरपालिकाले  गमला फुटाउने कार्यमा संलग्नलाई जरिवाना लगाउने भएको छ । महानगरपालिकाका अनुसार एउटा गमला फुटाउनेलाई दुई हजार जरिवाना लगाइने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us