प्रकाश दाहालका अनुसार सुगर बढेको नभई प्रचण्डलाई भएको चाहिं यस्तो हो

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– गत महिना हामी रोल्पा गएका थियौं । त्यतिबेला बुबाले मुख बार्नु भएन । घरमा जस्तो बाहिर गएपछि मुख बारेर खाने कुरा पPrakash-3नि सम्भव हुँदैन ।

घरमा म र मम्मीले आलु, काउली, मासु र भात खान दिँदैनथ्यौं । त्यसले गर्दा सुगर कन्ट्रोलमा थियो । तर रोल्पामा आलु, भात र मासु खानुभयो । जसले गर्दा सुगर उच्च भएको थियो । कहिलेकाहीं मिटिङहरु पर्छ ।

त्यस्तो बेलामा पनि सुगर बढ्ने गर्छ । रोल्पाबाट फर्केपछि मुख बार्नुभएको थियो । मुख बारेपछि सुगर नर्मल अवस्थामा आयो । उहाँलाई सधैं कमैको भात दिने गरेका छौं । डाक्टरलाई चेकअप गराउँदा सुगर कम भएको बताएका थिए ।

नर्मल अवस्था भएपछि पहिलाको औषधि खान छाड्नुभएको थियो । तर डाक्टरले औषधि खान सुझाव दिएछन् । सुगरको मात्रा घटिसकेको अवस्थामा डाक्टरले पहिलेकै ‘हाइडोज’ को औषधि खान दिएका कारण बुबाको स्वास्थ्यमा समस्या भएको हो ।

रोग कम र औषधि उच्च क्षमताको भएका कारण समस्या भएको हो । सुगर बढेको भन्ने समाचार सञ्चार माध्यममा आएको छ । त्यो सही होइन । अहिले उहाँलाई वान्ता हुन खोज्ने र पखाला चल्ने समस्या देखिएको छ । तर विस्तारै कम हुँदै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us