
सिन्धुपाल्चोक, १६ मंसिर– वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई एक संस्थाले कण्डम वितरण गर्न थालेको छ ।
विदेश गएर फर्कने नेपालीमा एचआइभी/एड्सको संक्रमण पाइएपछि महिला आत्मनिर्भरता केन्द्रले यौन शिक्षाका साथै कण्डम वितरण थालेको हो ।
सेभ द चिल्ड्रेन ग्लोबल फण्डको सहयोग र केन्द्रको सहजीकरणमा जिल्लाका १२ गाविसमा कण्डम वितरण थालिएको कार्यक्रम संयोजक सुनिता भोखजुले बताइन् ।
जिल्लाका बाह्रबिसे, राम्चे र धुस्कुन, गुन्सा, सिम्पालकाभ्रे, स्याउले, महाँकाल, इचोक, भोताङलगायत गाविसका गाउँगाउँमा कण्डम वितरण गरिएको उनले बताइन् ।
एक जनालाई एकपटकमा २० देखि २४ वटासम्म कण्डम दिने गरिएको छ । विदेशबाछट आएकाहरुबाट एड्स रोग नसरोस भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।