तनहुँबाट रामचन्द्रले भने, ‘काँग्रेस मास्छु भन्ने विप्लवलाई तह लाउनुपर्छ’

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १४:३२ मा प्रकाशित

Ramchandra-Paudelतनहुँ, १६ मंसिर– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्र मास्न चाहने शक्तिले काँग्रेसलाई जहिल्यै शत्रु देख्ने गरेको बताएका छन् ।

गृह जिल्ला आएका पौडेलले तनहुँमा मंगलबार भएको पत्रकार सम्मेलनमा नवगठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले काँग्रेसलाई वर्ग दुश्मन भनेकामा आपत्ति जनाए ।

विप्लवले लोकतान्त्रिक लोकतन्त्र मास्ने षड्यन्त्रअन्तर्गत काँग्रेसलाई वर्ग शत्रु घोषणा गरेको उनको भनाइ थियो । पौडेलले विप्लवले क्रान्ति नभई प्रतिगमनलाई आमन्त्रण गरेको आरोप लगाए । त्यस्तो शक्तिलाई सबै मिलेर पाखा लगाउनुपर्ने उल्लेख गरे ।

‘काँग्रेसलाई वर्ग शत्रु घोषणा गर्नेहरु लोकतन्त्रविरोधी हुन्’, पोडेलले भने, ‘लोकतन्त्र मास्न काँग्रेस मास्नुपर्छ भन्ने प्रतिकमनकारीलाई सच्चा लोकतन्त्रवादी मिलेर तह लगाउनुपर्छ ।’

अर्को एक फरक प्रसंगमा उनले एमओवादीको अवरोधका कारण माघ ८ मा संविधान नआउने सम्भावना बढेको आरोप लगाए । माओवादी लोकतन्त्र मास्ने तानाबाना बुनिरहेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us