
काठमाण्डु, १६ मंसिर– नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम संचालक समितिको मंगलबारको बैठकले पेट्रोलm डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
पेट्रोलमा २ रुपैयाँ ५० पैसा तथा मट्टितेल र डिजेलमा दुई–दुई रुपैयाँ घटाउने निर्णय भएको निगम प्रवक्ता मुकुन्घ घिमिरेले बताए ।
मूल्य घटेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय २३ तथा डिजेल र मट्टितेलको मूल्य ९७ रुपैया ५० पैसा कायम भएको छ ।
अन्तर्राष्ट्रिय मूल्य अनुसार स्वचालित मूल्य प्रणाली कायम गरिएका कारण हरेक १५ दिनमा मूल्य समायोजन हुँदै आएको छ । पेट्रोलियम पदार्थको मूल्य घटेको यो पाचौं पटक हो ।