
रौतहट, १६ मंसिर– सशस्त्र प्रहरीले रौतहटको करुनिया–५ बाट हतियारसहित ५ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत शिवहर अठकोनियाका ३५ वर्षीय सुनिलकुमार राजपुत, सितामढी नरहाका २१ वर्षीय कन्हैयाकुमार सिंह, २० वर्षीय विकास सिंह र विक्कीकुमार सिंह तथा मोतिहारी मरपामोहनका २२ वर्षीय छोटु भन्ने आनन्द सिंह छन् ।
उनीहरुको साथबाट २ थान पेस्तोल, १ थान कटुवा बन्दुक, ४ थान म्यागजिन तथा गोलीहरु बरामद भएको प्रहरीले जनाएको छ ।
भारतबाट केही अपराधी नेपाल भित्रिएको खबर पाएपछि निगरानी बढाइएको र त्यही क्रममा उनीहरु पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्काले पत्रकार सम्मेलनमा बताए । उनने पक्राउ परेका सबैलाई नेपाल प्रहरीको जिम्मा लगाइने जानकारी दिए ।