खुमबहादुरको हिन्दूराष्ट्र अभियान झापामा पनि

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते ६:३७ मा प्रकाशित

भद्रपुर, १६ मंसिर– कांग्रेस नेता खुमबहादुर खड्काको संयोजकत्वमा काठमाण्डुमा सुरु भएको हिन्दुराष्ट्र अभियान झापामा पनि सुरु गरिएको छ ।

Khum-Bahadur-Khadka

सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका नाममा झापामा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तिलप्रसाद गिरी संयोजकत्वमा अभियान सुरु गरिएको हो ।

अभियानले झापाको दमकमा मंसिर अन्तिम साता सभा गर्दैछ ।  महाअभियानका लागि अहिले जिल्ला संयोजक चयन गर्ने कार्य तीव्र रुपमा भइरहेको महाअभियान केन्द्रीय समन्वय समितिका संयोजक खुमबहादुर खड्काले जानकारी दिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us