माघ ८ मै संविधान आउँछः देउवा

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते ३:३२ मा प्रकाशित

sher bahadurइलाम, १६ मंसिर– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पूर्वनिर्धारित समय आठ माघमै नयाँ संविधान जारी हुने दाबी गरेका छन् ।

प्रेस युनियनले इलामले मंगलबार गरेको पत्रकार सम्मेलनमा देउवाले संविधानसभाको बहुमत हिस्सा काँग्रेस–एमालेसहित सत्ता पक्षमा रहेका दल निर्धारित समयमै संविधान जारी गर्न सहमत भइसकेकाले संविधान आउनेमा आशंका नगर्न आग्रह गरे ।

उनले एमाओवादीसहित विपक्षमा रहेका दलहरुलाई पनि सहमतिमा आउने आग्रह गरे । देउवाले नयाँ संविधानका अन्तरवस्तुमा धेरै विषय मिलिसकेको भन्दै नमिलेका केही विषय छलफलबाट टुंगो लगाउन सकिने दाबी गरे ।

संविधान निर्माणमा आफ्नो पार्टी लचकतासाथ प्रस्तुत भएको भन्दै देउवाले लचिलो हुन एमाओवादीलाई आग्रह गरे  ।

नेता देउवाले सभापति बाबुराम भट्टराईलाई संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा विषयवस्तु अड्काएर नराख्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us