सीमा नाकामा एचआइभी/एड्ससम्बन्धी परामर्श

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते २:४४ मा प्रकाशित

महोत्तरीमा, १६ मसिर– विश्व एड्स दिवसको अवसरमा जिल्ला एड्स समन्वय समितिले सोमबार महोत्तरीका विभिन्न सीमा नाकामा एचआइभी/एड्ससम्बन्धी परामर्श दिएको छ ।

भारतसँग खुल्ला सीमा नाका भएको महोत्तरीको मूल भन्सार नाका भिट्ठामोड, सहायक सीमा नाका मटिहानी र छोटी सीमा नाका सम्सीबाट नेपाल–भारत आवतजावत गर्ने सर्वसाधारणलाई परामर्श दिएको समितिले जनाएको छ ।

साथै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा समेत वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई एचआइभी/एड्ससम्बन्धी परामर्श दिएको जानकारी प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले दिए ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी, बिडिएस, आरसिडिएससी, आरडिएफलगायतका संस्थाहरुले महोत्तरीको सीमा नाका र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा एचआइभी/एड्ससम्बन्धी परामर्श दिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख रामपरीक्षण यादवले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us