बसको ठक्करबाट युवकको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते २:३८ मा प्रकाशित

हेटौंडा, १६ मसिर– काठमाण्डुबाट उदयपुरतर्फ गइरहेको ना४ख ३८९१ नं को रात्रिबसले हेटौंडा–नारायणघाट सडकखण्डको ज्यामिरेमा सोमबार राति १२ बजे एक पैदलयात्रुलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

मृत्यु हुने मकवानपुर मनहरि गाविस–७ बस्ने २९ वर्षीय सन्देश घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते भई उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा नै  उनको मृत्यु भएको हो ।

ठक्कर दिने बस र त्यसका चालक गोपी पुनमगरलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us