आफूलाई जिस्क्याउने युवकलाई कुट्ने युवतीलाई सम्मान

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १:२८ मा प्रकाशित

नयाँ दिल्ली, १६ मंसिर– भारतको हरियाणा सरकारले गुडिरहेको बसमा जिस्काउने युवकलाई पेटीले कुट्ने दुई दिदीबहिनीलाई सम्मान गर्ने घोषणा गरेको छ । राज्यका कृषिमन्त्री ओमप्रकाश धनखडले उनीहरुलाई गणतन्त्र दिवसमा ३१–३१ हजार रुपैया पुरस्कार दिएर सम्मान गर्ने बताए ।

बसमा उनीहरुलाई जिस्काउने ३ युवकहरुलाई पक्राउ गरिएको छ । ती युवकलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

ती ३ जना युवकमध्ये २ जनाले सेनाको परीक्षामा सबै जाँच उत्तीर्ण गरेका थिए । ती युवकलाई अपराध कार्यमा संलग्न भएको अभियोगमा सेनामा नोकरीका लागि अयोग्य घोषणा गरिएको छ ।

शुक्राबार बसमा भएको यस घटनाक्रमको मोबाइलमा भिडियो खिचिएको थियो । २२ वर्षीया आरती र १९ वर्षीया पूजाले बसमा युवकहरुले यौन दुव्यवहार गरेपछि लगाएको बेल्ट निकाली निकै कुटे । अहिले यो भिडियो टिभी र सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ ।

रोहतक क्षेत्रका ती युवतीले बहादुरी देखाए  तर बसमा सवार अन्य यात्रु भने चुपचाय देखिए ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us