नेतृत्व खोज्दै एमालेले भन्यो, ‘सहमतिको सरकार’

काठमाण्डु टुडे २०७१ मंसिर १६ गते १:१३ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– संविधान निर्माणको गाँठो फुकाउन एमालेले ‘राष्ट्रिय सहमतिको संयुक्त सरकार’ को विकल्प अघि सारेको छ । सहमति जुटाएर संविधान बनाउन त्यस किसिमको सरकार उपयोगी हुने उसको ठहर छ । विपक्षी मधेसी दलहरुसमक्ष उसले यस्तो प्रस्ताव राखेको हो ।

UML_20140824045223
मधेसी दलहरुलाई संयुक्त सरकारमा सहभागी हुन पनि एमालेले आग्रह गरेको छ । ‘विवादित विषयमा सहमति खोजौं र राष्ट्रिय सहमतिको सरकारमार्फत संविधान जारी गरौं भन्ने प्रस्ताव राखेका छौं’, एमाले वरिष्ठ नेता झलनाथ खनालले भने, ‘सबैको सहमतिमा संविधान जारी होस् र त्यसका लागि उहाँ (मदेसी दल)  हरु पनि सरकारमा सामेल हुनुहोस् भन्ने हाम्रो प्रस्ताव हो ।’
एमाले संसदीय दलको कार्यलयमा भएको छलफलमा मधेसी मोर्चामा आवद्ध ६ वटै दलका शीर्ष नेता सहभागी थिए ।
कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई सहमतिको स्वरुप दिने कि अन्य दलको नेतृत्वमा सरकार बनाउने भन्नेमा चाहिँ एमालेले मुख खोलेको छैन ।
मधेसी दलका नेताहरुले भने आफूहरु तत्काल सरकारमा सहभागी हुने कुरा सम्भव नभएको जवाफ दिएका थिए । उनीहरुले ‘सत्ताको काउकुती नलगाउनुहोस्’ भन्ने पवाफ एमाले नेताहरुलाई दिएका थिए ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us