श्रीमान विदेशिएका महिलाद्वारा धमाधम सम्बन्ध विच्छेद

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते १६:२२ मा प्रकाशित

divorceगोरखा, १५ मंसिर– गोरखामा पछिल्लो समय सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या बढेको छ ।
गत वर्ष सम्बन्धविच्छेदका ८९ थान मुद्दा दर्ता भएकामा चालु आवको पहिलो चौमासिकमा नै ३७ थान मुद्दा दर्ता भएको हो ।

त्यसमध्ये १२ जोडीले भने सम्बन्धविच्छेद गरिसकेका छन् । श्रीमान् विदेशिएका महिला सम्बन्धविच्छेदका लागि जिल्ला अदालत गोरखा आउने क्रम: बढेको अदालतले जनाएको छ ।

जिल्ला अदालत गोरखाका श्रेस्तेदार महेन्द्रप्रसाद भट्टराईका अनुसार पहिलो चौमासिकमा नै ३७ थान मुद्दा दर्ता भएकाले यो वर्ष सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या झनै बढ्ने देखिएको छ ।

‘श्रीमानले कान्छी श्रीमती ल्याएपछि जेठीले सम्बन्धविच्छेद गर्ने गरेका छन् । प्राय: श्रीमान्भन्दा श्रीमतीहरु नै सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत आएको देखेका छौँ’ भट्टराईले भने,  ‘दम्पतीमध्ये श्रीमानले सम्बन्धविच्छेद गर्न चाहेमा गाविसदेखि नै प्रक्रिया थाल्नुपर्छ । श्रीमतीको हकमा भने सिधै जिल्ला अदालत आउन सक्छिन् । कतिपय महिला भने घरेलु हिंसाको कारण देखाएर सम्बन्धविच्छेद गर्ने गरेका छन् ।

सम्बन्धविच्छेद गरेपछि श्रीमान्ले श्रीमतीलाई नगद पैसा वा जग्गा दिने गरेका छन्, भट्टराईले भने, प्राय: गरी जोडीहरुले समझदारीमा केही पनि नलिने गरेको पनि देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us