प्रियंकाले भनिन्, ‘मेरो घरमा यौनधन्धा चलेको थाहा छैन’

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते १५:४५ मा प्रकाशित

priyankaएजेन्सी– भारतीय नायिका प्रियंका चोपडाले आफ्नो घरमा चलाइको भनिएको यौन धन्धाबारे केही थाहा नभएको दाबी गरेकी छन् ।

उनले आफूले घर भाडामा दिएको भन्दै घरमा भएका गतिविधिबारे केही थाहा नभएको बताएकी हुन् । दिल्लीमा भएको एक कार्यक्रममा घर भाडामा दिएदेखि आफू एकपटक पनि नफर्किएको दाबी उनले गरेकी छन् ।

‘मेरो घरमा यौन धन्धा भएको विषयमा केही थाहा छैन’, पियंकाले भनिन्, ‘घर भाडामा दिएपछि चोटाकोठा चहार्ने अधिकार पनि हुँदैन ।’

उनले भाडामा दिएको घरको शयन कक्षमा के हुन्छ भनेर घरधनीले हेर्न नमिल्ने तर्क गरिन् । यद्यपि यौन धन्धा गरेकै भए त्यो गैरकानुनी हुने उनको भनाइ थियो ।

मुम्बईस्थित पियंकाको घर भाडामा लिएर यौन धन्धा चलाएको खुलासा भएपछि प्रहरीले केही दिनअघि घर भाडामा लिएर यौन धन्धा चलाएको खुलासा भएपछि प्रहरीले केही दिनअघि छापा मारेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us