प्रियंका चोपडाको घरमा यौन व्यवसाय चलेकाे खुलासा

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ३:३९ मा प्रकाशित

priyanka-chopra-wallpaper-3एजेन्सी– मुम्बई  प्रहरीले स्पाको सञ्चालनको आवरणमा देश व्यावपार गराएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना व्यवस्थापक समेत छन् । स्पामा बेश्यावृत्ति हुने  गरेको सुराकीका आधारमा  ग्राहक बनेर गएका प्रहरीले उक्त कुरा पुष्टि भएपछि छामा मारेको थियो ।

अचम्मको कुरा त के छ भने उक्त घर नायिक पियंको चोपडाको हो । स्पा चलाउन भन्दै सिंगै घर भाडामा लिइए पनि घरमा यौन व्यवसाय चलाउने गरिएको थिो ।

मुम्बईबाट प्रकाशित हुने पत्रिका मिड डेका अनुसार उक्त समाचारबाट प्रिय्रका आश्चर्यमा परेकी छन् । यद्यपि त्यसबारे उनले सञ्चार माध्यममा केही नबताएको समाचारमा उल्लेख छ ।

मिड डेले प्रियंका पनि उक्त स्पामा बारम्बार आउने गरेको उल्लेख गरेको छ । प्रहरीले छापा मारी त्यहाँ रहेका महिलाहरुलाई उद्दार गरेको छ ।

उनीहरुलाई एक पुनस्र्थापना केन्द्रमा राखिएको छ । स्रोतका अनुसार समाचारपछि तनाबमा रहेकी पियंकाले घर भाडा सम्भौता रद्द गर्ने सोच बनाएकी छन् । तर स्पा सञ्चालक भने फरार छन् ।

प्रियंकाको घरमा यौन व्यवसाय हुने गरेको समाचार बाहिर आएपछि उक्त विषयले भारतभर सामाजिक संजाल तातेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us