
एजेन्सी–के तपाईंलाई थाहा छ बलिउडका सुपरस्टार शाहरुख खानलाई आफ्नै कुन डाइलग सबैभन्दा बढी मन पर्छ ? शाहरुखले मंगलबार ट्वीट गरेर आफूलाई सबैभन्दा मन पर्ने डाइलगका बारेमा बताएका छन् । यो डाइलग उनको ‘दिलवाले दुल्हनिया ले जाएंगे’ फिल्मको हो ।
यशराज फिल्मस्ले मंगलबार उक्त फिल्मको नयाँ टेलर सार्वजनिक गरेको छ ।
फिल्मले डिसेम्बरमा आफनो हजार हप्ता पुरा गर्न गइरहेको छ । यही टेलरको ट्वीटमा सेयर गर्दै आजसम्म आफूले अभिनय गरेका फिल्ममध्ये आफूलाई मन पर्ने डाइलग ‘नहीं, मे नहीं आऊंगा’ रहेको उल्लेख गरेका छन् ।