करणको आगामी फिल्ममा रणवीर र ऐश्वर्या

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ४:५५ मा प्रकाशित

एजेन्सी, रणवीर कुपर र ऐश्वर्या राय पहिलोपटक एउटै फिल्ममा देखिँदैछन् । बलिउडमा यो खवर तीव्र रुपमा फैलिएको छ कि करण जौहर निर्देशक बन्ने फिल्ममा यि दुई एकसाथ देखिँदैछन् । पछिल्लो साता करणको आगामी फिल्ममा अमीर खान र ऐश्वर्या रायले काम गर्न भन्ने चर्चा थियो ।

karan-650_112714094136
अहिले अमीर होइन रणवीर करणको आगामी फिल्ममा काम गर्दैछन् भन्ने चर्चा चलेको छ जुन फिल्ममा ऐश्वर्या र अनुष्का शर्मा पनि हुनेछन् ।

 

अनुष्का र रणवीरले यसअघि पनि ‘बम्बै वेलवेट’ नामक फिल्ममा सँगै काम गरिसकेका छन् । उक्त फिल्ममा करण खलनायकको भूमिकामा छन् । यो फिल्म आगामी वर्ष रिलिज हुनेछ ।

 

करण जौहर यस बारेमा केही बताउन चाहेका छैनन् । एक खवरअनुसार करण लामो समयको अन्तरालपछि निर्देशनमा फर्कदैछन् । यसका लागि उनी केही सन्सनीपूर्ण काम गर्न चाहन्छन् ।

 

ऐश्वर्याको पुनर्रागमनलाई लिएर पनि लगातार खवरहरु आइरहेका छन् । यसभन्दा पहिले ‘जज्बा’ बाट उनको पुनरागमन हुने कुरा चर्चामा आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us