
एजेन्सी – अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया माता–पिता बनेका छन् । रितेशले ट्वीट गरेर मंगलबार पत्नी जेनेलियाले छोरा जन्माएको जानकारी दिएका हुन् । रितेस र जेनेलिया २०१२ मे मा प्रणयसूत्रमा बाँधिएका थिए ।
रितेश र जेनेलियाले ‘तुझे मेरी कसम’ र ‘तेरे नाल लभ हो गया’मा सँगै अभिनय गरेका छन् । यी दुईको पहिलो भेट ‘तुझे मेरी कसम’ फिल्मको सुटिङको क्रममा भएको हो । रितेश र जेनेलिया बलिउडका राम्रा कलाकार मानिन्छन् ।