काठमाण्डु, ९ मंसिर– सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने सात देशका भीभीआईपीमध्ये तीन देशका विशेष विमान र अन्य नियमित उडानबाट काठमाण्डु उत्रने भएका छन् ।
सबै भीभीआईपी मंगलबार आइपुग्नेछन् । श्रीलंकाका राष्ट्रपति महेन्दा राजापाक्षे मंगलबार बिहान ९:३० बजे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो १२: ३० बजेदेखि १ बजे र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ अपराह्न ३: ३५ बजे विशेष विमानबाट आउनेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानका राष्ट्रपति मोहम्मद अर्सरफ घानी नियमयित उडानबाट १०:५४ बजे, भुटानी प्रधानमन्त्री छिरिङ तोग्बे डुक एयरको नियमित उडानबाट ११:५४ बजे, माल्दिभ्सका प्रधानमन्त्री अब्दुल्लाह यमिन अब्दुल गोयोम १२:०५ बजे र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बंगलादेशी एअरलायन्सको नियमित उडानबाट अपराह्न ४:१५ बजे काठमाण्डु आउने कार्यक्रम छ ।
उनीहरुको आवास व्यवस्था होटल सोल्टीमा गरिएको छ ।
अन्नपूर्ण पोष्टबाट