थ्रि इडियट्समा अनुष्का किन निकालिएकी थिइन् ?

काठमाण्डु टुडे २०७१ मंसिर ५ गते १२:२६ मा प्रकाशित

एजेन्सी– राजकुमार हिरानीको बहुचर्चित सिनेमा ‘थ्रि इडियट्स’ मा अनुष्काले पनि अडिसन दिएकी थिइन् । तर उनी त्यसमा अन्तिममा उनी छानिइनन् ।

Anuska Sharma
हिरानीकै नयाँ सिनेमा ‘पिके’मा उनी आमिर खानसँग देखिने भएकी छिन् । आमिरसँग छ वर्षअघि खेल्ने मौका आफूले गुमाएको उनले यसपटक बताएकी हुन् ।

उनी ‘थ्रि इडियट्स’मा पनि अडिसनमा थिइन् भन्ने रहस्य पहिलोपटक सार्वजनिक भएको हो ।

अनुष्काका अनुसार ‘थ्रि इडियट्स’ का लागि दुई सय युवतीले अडिसन दिएका थिए । अन्तिममा त्यस भूमिकामा करिना कपुर चुनिएकी थिइन् ।

अनुष्काले यो कुरा राजकुमार हिरानी र आमिर खानलाई पनि यसअघि भनेकी थिइनन् । नयाँ सिनेमा ‘पिके’को सुटिङका बेलामा उनले यो रहस्य सार्वजनिक गरेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us