रणवीरलाई सलमानले किन बोलाएनन् बहिनीको बिहेमा ?

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ८:०४ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानले आफ्नी बहिनीको बिहेमा कटरिना कैफलाई बोलाएका छन् भने कटरिनाको नजिकका साथी मानिएका रणवीर कपुरलाई निम्तै नगरेको खबर सार्वजनिक भएको छ ।

Sallu and Ranabir
कटरिना कैफ सलमान खानकी पूर्व गर्लफ्रेन्ड मानिन्छिन् । पछिल्लो समय कटरिनाको सम्बन्ध रणवीर कपुरसँग रहेको बताइएको थियो । निकट भविष्यमै रणवीर र कटरिनाले विवाह गर्ने पनि समाचारहरुमा बताइएको थियो ।

तर सलमानले भने यो जोडीलाई नरुचाएको हुन सक्ने निम्ता प्रकरणले संकेत गरेको छ । सलमानले कटरिनालाई आफ्नी दुलही बहिनी अर्पितालाई सिंगारपटार गर्ने जिम्मा समेत दिएका थिए ।

सलमानले आफ्ना प्रतिद्वन्द्वी मानिएका शाहरुख खानलाई पनि बहिनीको बिहेमा बोलाएका थिए ।

कुनैबेला रणबीर कपुर सलमान खानका नजिकका साथी थिए । तर अहिले सलमानले आफ्नो साथीहरुको सूचीबाट रणवीरलाई हटाएको देखिएको छ ।

के रणवीर र सलमानको दोस्ती टुट्नुमा कैटरिनाको कुनै भूमिका छ ? यो रहस्य भने खुलिसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us