बाबुरामलाई संवैधानिक समिति सभापति बनाएर ठूलो गल्ती गरिएछ: ओली

काठमाण्डु टुडे २०७१ मंसिर १ गते १:१४ मा प्रकाशित

KP Oliकाठमाण्डु, १ मंसिर– एमाले अध्यक्ष केपी ओलीले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा बाबुराम भट्टराईलाई छान्नु गल्ती भएकाले संविधान जारी गर्न ठकिन भएको बताएका छन् ।
समिति सभापति बनाउने बेला ध्यान पुर्‍याएको भए अहिले जनताबीच संविधानको मस्यौदा गइसक्थ्यो’, ओलीले आफ्नै निसावमा बालकोटमा भने, ‘गुलिया–मिठा कुराका पछि लागेर झुठा कुरा पत्यार फसेकाले यस्तो भयो ।’

उनले भट्टराईलाई समिति सभापति बनाउनु गल्ती भएको अहिलेको व्यवहारले देखाएको बताए । ‘उहाँको भूमिका समिति सभापतिजस्तो होइन, पार्टी कार्यकर्ताको जस्तो देखियो’, ओलीले भने, ‘आफ्नो पार्टीको स्वार्थलाई देशको देशको स्वार्थभन्दा माथि राख्ने, देशको स्वार्थ अल्झाउने, संविधान निर्माणको स्वार्थ अल्झाउने प्रयास भइरहेको छ ।’

ओलीले एमालेलगायत सबै पार्टीले प्रतिबद्धता गरेकाले माघ ८ मै संविधान जारी गर्ने बताए ।

माओवादीले संसदभित्र र बाहिरकालाई लिएर संविधान बन्न नदिने प्रतिकुल वातावरण तयार गर्ने र संविधान जारी हुनै नदिने, भए पनि कार्यान्वयन हुन नदिने बितण्डाकारी सक्रिय पारेको आरोप ओलीले लगाए ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us