चर्चित फुटबलर ड्रोग्बा म:म खान नेपालमा !

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते २:२३ मा प्रकाशित

mo moकाठमाण्डु, ३० कात्तिक– बेलायती फुटबल क्लब चेल्सीका फरवार्ड डिडियर ड्रोग्बा म:म खान नेपाल आए भनेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, उनले काठमाण्डुमा आएर म:म खाएको दृश्य अहिले युट्युवमा खुब हेरिन थालिएको छ ।
टर्किस एयरलाइन्सको नयाँ विज्ञापनमा ड्रोग्बालाई काठमाण्डुको एउटा रेष्टुरेण्टमा देखाइएको हो । बार्सिलोनाका स्टार लियोनल मेसीलाई विभिन्न देशको परिकार चाख्ने सवालमा जित्ने लक्ष्य लिएर ड्रोग्बा काठमाण्डु आइपुगेको र काठमाण्डुमा उनीसामु म:म पस्किएको देखाइएको छ ।

विभिन्न देशको परिकार चाख्न निस्किएको ड्रोग्बा सबैभन्दा पहिले नेपाल आउँछन् । काठमाण्डुको एउटा रेष्टुरेन्टमा उनलाई म:म,चटनी र भटमासको परिकार पस्किइन्छ

। तर रेष्टुरेन्टको भित्तामा पसलका साहुले मेसी आफ्नो पसलमा आएको बेला खिचाएको तस्बिर देखेर ड्रोग्बा चित खान्छन् ।
नेपालबाट उनी जापान, साइबेरिया, साहरा भरुभूमिमा रहेका रेष्टुरेन्टमा पुग्छन् । तर सबै रेष्टुरेन्टमा मेसी पहिल्यै पुगिसकेको थाहा पाउँछन् ।

सबै रेष्टुरेन्टका भित्तामा रेष्टुरेन्टका मालिकसँग मेसीको संयुक्त फोटो झुन्डाइएको देखेर उनी निराश हुन्छन् । सबै तस्बिरमा मेसीको अटोग्राफ छ ।
त्यसपछि उनी टर्किस एयरलाइन्स चढ्छन् ।

प्लेनभित्र कतै पनि मेसीको फोटो टाँसेको नदेखेपछि उनी प्रसन्न हुन्छन् । तर, प्लेनको बाहिरपट्टिको ‘बडी’ मा मेस्सीको फोटो हुन्छ, जुन ड्रोग्बाले देख्न पाउँदैनन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us