कैट्रिनासँग हिंडेको फोटो खिच्ने फोटोग्राफरलाई किन लखेटे रणवीरले ?

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते १:११ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक–बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफबीच बिहे हुने निश्चित भएको चर्चा उनीहरुनिकट व्यक्तिबाट चुहिन ranbir-katrina4थालेको छ ।
सँगै बस्न दुवैले मिलेर मुम्बईमा फ्ल्याट भाडामा लिएका छन् । यति सब हुँदा पनि रणवीरले कहिलेकाहीँ देखाउने हर्कतले उनलाई कट्रिनासँगको आफ्नो सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गर्न अप्ठ्यारो परेजस्तो देखिने गरेको छ ।
कट्रिनासँग आफू भएका बेला फोटो खिच्ने फोटोग्राफरलाई रणवीरले फेरि ‘मिसबिहेभ’ गरेका छन् । यसअघि पनि पटकपटक उनीबाट यस्तो हर्कत प्रदर्शन भइसकेको छ ।
हालसालै रणवीर र कट्रिना दिवंगत बलिउड निर्देशक रवि चोपडालाई श्रदाञ्जली अर्पण गर्न चोपडाको घर पुगेका थिए । दुवै सँगै बसेका थिए । श्रदाञ्जली अर्पण गरेर चोपडा निवासबाट बाहिर निस्कने क्रममा एक फोटो ग्राफरले उनीहरुलाई फलो गर्न थाले ।
फोटोग्राफरले आफूहरुको फोटो खिचिरहेको थाहा पाएपछि रणवीरको कन्पारो तातेछ । उनले फोटोग्राफरलाई तथानाम गाली गर्दै एकाएक खेदन थाले । उनले फोटोग्राफरलाई फेला पारेनन् । उनले फोटोग्राफरको व्याग फेला पारे र लिएर गए ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us